२१ बैशाख २०८१, शुक्रबार

दाँतको दुखाइबाट वच्ने उपाय


dat

१. नुन–पानीले कुल्ला गर्ने
एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ ।

२. चिसो प्याक प्रयोग गर्ने
दुखेको दाँतमाथि चिसो कटनको टुक्रा राखेर दुखाईबाट क्षणिक रुपमा बँच्न सकिन्छ ।

३. ल्वाङको तेल राख्ने
दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ । तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ । यो तेलले दाँत बल्केको वा दुखेको कम गर्छ ।

४. तुलसी पत्ताको पेस्ट वा रस लगाउने
दाँत दुखाई रोक्न तुलसी निकै प्रभावकारी मानिन्छ । एक मुठी तुलसीको पात टिपेर राम्रोसँग पखाली त्यसलाई मसिनो गरि पिसेको पेस्ट वा रस दुखेको ठाँउमा लगाउँदा दुखाई निको गर्छ । तुलसीको रसले दाँत दुखाईबाट उत्पन्न हुने ज्वरोसमेत निको गर्छ । तुलसीको रसलाई कटनको कपडामा दलेर दुखेको ठाउँमा लगाउन सकिन्छ ।

५. निमपत्ता
ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !