१४ बैशाख २०८१, शुक्रबार

किड्नी फेल हुनबाट बच्ने उपायहरु


kidni

किड्नी मानव शरीरको एउटा अति नै महत्वपूर्ण अ‌ंग हो । तर हाम्रो आफ्नै कारण र हाम्रो खानपान, आहार व्यवहारको अनियमितताका कारण किड्नी फेल हुने गरेको तथ्य सबैलाई थाहा नै छ । किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो । किड्नीमा रहेको नेफ्रोन्स भन्ने अंगले शरीरलाई नचाहिने अनावश्यक फोहोर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएको अवस्थामा नेफ्रोन्स थिचिनाले यसले राम्ररी फोहोर छान्न सक्दैन ।

यसो हुँदा हाम्रो शरिरमा रहेको विषाक्त पदार्थ Creatinine र Urea का रुपमा रगतका माध्यमबाट शरीरमा फैलन्छ । यसैलाई आधुनिक ओंषधि विज्ञानले किड्नी फेल भएको भन्दछ र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्को बिकल्प यो विज्ञानसँग छैन । काली गेडी (परी गोलभेडा) जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बोधन हुने यो झार नेपालमा जताततै पाइन्छ । अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएको यो झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले खाने पनि गर्दछन् । यो वनस्पतीको पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि. लि. का दरले दिनको दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहोस । र यस पछि Sonography गराएर हेर्नुहोस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !