१० जेष्ठ २०८१, बिहिबार

कोरोनाबिरुद्ध लड्ने एकमात्र विकल्प – रोग प्रतिरोधात्मक शक्ति गर्ने वृद्धि


कोरोनाबिरुद्ध लड्ने एकमात्र विकल्प रोग प्रतिरोधात्मक शक्ति वृद्धि

कोरोना भाइरस (कोभिड-१९) एक किसिमको भाइरस हो । भाइरस भनेको अन्य सुक्ष्मदर्शी जीव जस्तै ब्याक्टेरिया, फंगी जस्तो होइन । भाइरसबाट हुने कुनै पनि रोगको औषधि अहिलेसम्म बनेको छैन । भाइरस विरुद्ध भेक्सिन हुन सक्छ तर भेक्सिन पनि रोग लागिसकेपछि काम गर्दैन, रोग लाग्नु अघि नै दिनु पर्दछ । यस कोरोना कोभिड-१९ विरुद्ध त भेक्सिन पनि हालसम्म बनिसकेको छैन । अर्थात हालसम्म कोरोना भाइरस (कोभिड-१९) को न औषधि छ न भेक्सिन नै छ ।

तर हामीले “फलानो कोरोना संक्रमित व्यक्ति हाल उपचारमा छ” भनेर समाचारमा सुन्छौं । जसको औषधि नै छैन भने डाक्टरहरूले के उपचार गर्छन त? हो यो भाइरस विरुद्धको प्रत्यक्ष उपचार नै छैन । अस्पतालमा डाक्टरहरूले लक्षणमा आधारित भएर मात्र उपचार गर्छन अर्थात जे-जे समस्या देखिएको छ त्यस विरुद्ध राहत दिने (अर्थात श्वास-प्रश्वासमा कठिनाई छ भने अक्सिजन दिने, ज्वरो आएको छ भने पारासिटामोल दिने आदि) मात्र गर्दछन र तपाईलाई तपाईकै रोग विरुद्ध लड्ने तपाईकै प्रतिरोधात्मक शक्तिको भर मैं छोडिदिन्छन, अन्य विकल्प नै छैन ।

तसर्थ औषधि नै नभएको यस रोगको उपचार गर्दा लक्षणलाई आधार मानेर उपचारको नाममा के तपाईमाथि सही उपचार भैरहेको छ त ? यसको ज्ञान यहाँलाई हुनु अत्यावश्यक छ । भर्खरका अनुभव नभएका डाक्टरहरू वा सहयोगीहरूले (जानेका डाक्टरहरू हैन) चलिरहेको चलनमा जे छ त्यही गर्ने क्रममा उल्टो काम गरी झनै भाइरसलाई रोग बल्झाउन संघाईरहेका पनि हुन सक्छन ।

उदाहरणको लागि ज्वरों आउनु भनेको तपाईको शरीरमा प्रवेश गरेको भाइरसलाई निष्क्रिय बनाउन र बृद्धि हुन नदिन तपाईको शरीरले गरेको रक्षात्मक उपाय हो । तपाईको शरीरले भाइरसको आक्रमण भएको थाहा पाउने वित्तिकै तपाईको शरीरको तापक्रम वृद्धि गरिदिन्छ कि त्यो भाइरस निष्क्रिय रहोस, बृद्धि हुन नपाओस । तसर्थ ज्वरो आउन दिनुपर्दछ । यदि अति ज्वरो आयो, विरामीले खप्न नै नसक्ने भयो भने मात्र ज्वरो घटाउने पारासिटामोल आदि खानुपर्दछ तर अनुभव नभएका भर्खरका डाक्टर वा सहयोगीहरूले लक्षणलाई आधार मानेर उपचारको क्रममा चलेको चलन पछ्याउँदा कोरोनाको विरामीलाई साधारण खप्न सक्ने अवस्था मैं ज्वरों घटाउने कार्य गर्न सक्दछन। यसो गर्नु भनेको त शरीरको रक्षात्मक प्रणालीलाई अवरोध गरी भाइरसलाई सघाउनु भयो ।

उसैगरी रुघा लाग्नु भनेको पनि भाइरसलाई सिगान मार्फत बगाएर शरीरबाट भगाउन तपाईको शरीरले गरेको रक्षात्मक उपाय हो तसर्थ सकेसम्म रुघा लाग्न दिनुपर्दछ । रुघा लागेको देख्ने वित्तिकै साइनेक्स आदि रुघा सुकाउने औषधि खानु शरीरको रक्षात्मक प्रणालीलाई अवरोध गरी भाइरसलाई सघाउनु हो । अति रुघा लाग्यो, खप्न नै सकिएन भने मात्र रुघा सुकाउने औषधिको सेवन गरिनु पर्दछ ।

यसैगरी झाडापखाला हुनु भनेको पनि तपाईको शरीरले शरीरका अखाद्य विषालु वा परजीवी आक्रमणलाई शरीरबाट निष्काषन गर्न अपनाएको रक्षात्मक उपाय हो। यहाँ पनि जान्नेकार भएर अलि अलि झाड़ा-पखाला हुदैमा दिसा रोक्ने औषधिको सेवन गर्नुहुदैन। वरू नष्ट भएको जल पिई शरीरले फालेसम्म विकार फाल्नु उत्तम हो तर अति झाड़ापखाला भयो भने मात्र दिसा रोक्ने औषधि लिनु पर्दछ ।

उसैगरी अनुभव नभएका डाक्टर वा सहयोगीहरूले अस्पतालमा भर्ना हुनासाथ सलाइन पानी चढाउने गरेको पनि देखिन्छ । स्पष्ट रहोस, सलाइन पानीमा नुनको मात्रा अति धेरै हुन्छ, यो त मुखबाट खान नै नसक्ने अति कमज़ोर भई सकेकाहरूलाई मात्र हो, उसै लिनुहुदैन ।

त्यसमाथि कोरोना जस्तो भाइरस निको पार्छु भनि स्वेच्छाले एन्टीबायोटिक्स खाएको पनि देखिएको छ। स्पष्ट रहोस, एन्टीबायोटिक्स भनेको किटाणु ब्याक्टेरिया विरुद्धको मात्र औषधि हो, यसले भाइरस नियन्त्रण नियन्त्रण गर्न सक्दैन । अझ आजकलको आधुनिक औषधि विज्ञानले त एन्टीबायोटिक्सलाई ब्याक्टेरिया नै नष्ट गर्ने अभिप्रायले पनि सकेसम्म नखानु भनेर नै भनेको छ, एक त यसले शरीरका लाभदायक ब्याक्टेरियालाई पनि नष्ट गरी शरीरको हानी गर्दछ भने अर्कोंतर्फ शरीरको प्रतिरोधात्मक शक्ति पनि नष्ट गर्दछ । यति मात्र हैन ब्याक्टेरियाले पनि त्यस एन्टीबायोटिक विरुद्ध शक्ति हासिल गरी अर्कों पटकको आक्रमणमा त्यस एन्टीबायोटिकले नमर्ने हुन जान्छन तसर्थ एन्टीबायोटिक्स खाई हैन शरीरकै रोग प्रतिरोधात्मक शक्ति बढ़ाई किटाणुको आक्रमण निर्मूल पार्ने शक्ति हामीमा हुनु पर्दछ ।

कोरोना भाइरसको औषधि नभएकोले तपाईकै रक्षात्मक शक्तिले यसलाई जित्नु नै अब एकमात्र विकल्प हाललाई छ चाहे अस्पतालमा डाक्टरको निगरानीमा रहनुहोस वा घरमा नै तसर्थ यहाँ महत्वपूर्ण भूमिका भनेको तपाईको शरीरको रक्षात्मक प्रणाली नै हो । हाम्रो रक्षात्मक प्रणाली बलियो हुनु नै यो रोगसहित अन्य सबै रोगहरूलाई परास्त गर्न सक्ने एकमात्र हाम्रो अस्त्र हो ।

रक्षात्मक प्रणाली कसरी बलियो हुन्छ ?

एकमात्र उत्तर, प्रकृति प्रदत्त रहनसहन । हामी मनुष्य हौ, मनुष्यको स्वरूपमा प्रकृतिले जे अनुमति दिएकी छिन त्यही आचरण, खानपान अपनाउनु नै शरीरको रक्षात्मक प्रणाली बलियो बन्नु हो । जति-जति प्रकृति विरुद्ध जानुहुन्छ, त्यति-त्यति तपाईको रक्षात्मक प्रणाली ध्वस्त हुदै जान्छ, तपाई कमज़ोर हुदै जानुहुनेछ । वैदिक सनातन धर्मले मनुष्यलाई मनुष्यको वास्तबिक प्रकृति के हो त्यो विस्तृतमा बताएको छ तर पनि तलका केही महत्वपूर्ण बुँदाहरू मनन योग्य छन:

१. समयमा सूर्यास्तपछि नै (दिनमा हैन) चाडै सुत्नु, विहान ब्रम्ह मुहूर्तमा पूर्ण निन्द्रा लिएर उठ्नु ।
२. ब्रम्ह मुहूर्तमा मैं चिसो पानीले नै स्नान शौचादी आदि गर्नु (अब कहिले नगरेको तपाईले भोलीदेखि नै चिसो पानीले न नुहाँउनु होला, शनै शनै बानी पार्नु पर्दछ) ।
३. प्रत्येक दिन कमसेकम १ घण्टा घाममा बसेको हुनुपर्यो ।
४. मांसाहार मनुष्यको भोजन हैन । मांसाहारको पूर्ण त्याग ।
५. रक्सी, चुरोट, खैनी आदि कुनै पनि नशा गर्नुहुदैन ।
६. दिनमा बढीमा २ छाक मात्र भोजन गर्ने ।
७. प्रत्येक दिन पकाएको खाना बाहेक २ छाक नै पकाएको खाना बराबर नै काँचो खाना जस्तै सलाद (गाजर, काक्रो, बंदा, केराऊ, चूकन्दर, हरियो पातहरू आदि) खाएकै हुनुपर्दछ ।
८. प्रत्येक दिन पकाएको खाना बाहेक पकाएको खाना बराबर नै मौसमी फलफूल खाएको नै हुनुपर्दछ ।
९. तपाईले जति भोजन गर्नुहुन्छ त्यसको १/३ सलाद, १/३ मौसमी फलफूल, १/३ पकाएको दैनिक भोजन (भात, दाल, तरकारी)खानुपर्छ ।
१०. प्रत्येक दिन कमसेकम १ घण्टा व्यायाम गरेको नै हुनुपर्छ ।
११. कुनै पनि आजकलका आधुनिक कारख़ानाबाट उत्पादन भएका वोटलमा, प्याकेटमा बन्द भएका खानेकुरा जस्तै: चाउचाउ, कुरकुरे, कोक, फन्टा, मैदा, प्रशोधित तेल, विस्कुट आदि खान पूर्ण बन्द गर्नुपर्छ ।
१२. पेट र पाचन प्रणालीलाई विश्राम दिन प्रत्येक एकादशीको दिन ब्रत बस्नुपर्छ ।

अहिले कोरोना भाइरसको प्रकोपको यो समयमा उपरोक्त सबै कार्य गर्न नसकिएपनि आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन दैनिक प्रशस्त अमला, कागती पानी, फलफुल (विशेषगरी अमिलो फलहरु जस्तै सुन्तला, मौसम्बी, जुनार आदि ) र सलाद प्रशस्त खानुहोला । दैनिक व्यायाम गर्नुहोला । स्वच्छ हावा र दैनिक कमसेकम आधा घण्टा घाममा बस्न नछुटाउनुहोला ।

हरे कृष्ण !

वल्लभ चैतन्य दास साधक, चिन्तक तथा अध्येता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

भाइरस विरुद्ध पुर्वीय दर्शनका प्रभावशाली घरेलु उपायहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु