१२ बैशाख २०८१, बुधबार

भाइरस विरुद्ध पुर्वीय दर्शनका प्रभावशाली घरेलु उपायहरु


वल्लभ चैतन्य दास

भाइरस विरुद्ध पुर्वीय दर्शनका प्रभावशाली घरेलु उपायहरु । यो कोरोना भाइरस (कोभिड-१९ ) सोचेजस्तो साधारण छैन । यसबाट बच्नु र बचाउनु अब हाम्रो पहिलो प्राथमिकता हुन गएको छ । जानेको, बुझेको विधि कमसेकम सार्वजनिक हुनु अहिलेको आवश्यकता हो ।

जसरी मानौ सीसाको गिलास फुट्नबाट बचाउनु छ भने दुई तरीका हुन्छन :

तरीका १. गिलासलाई छुदै नछुने, शो केसमा बन्द गरेर राख्ने आदि,

तरीक़ा २. गिलासको सीसा नै बलियो होस् । अब बलियो सीसाले बनेको गिलास खसेपनि फुट्दैन ।

मास्क लगाउनु, घरबाट ननिस्कनु, हात धुनु आदि सरकार र डाक्टरहरूले प्रचार गरेका कुराहरू तरीका १ मात्र हो । यो पनि अपनाउनुपर्दछ तर ज़ुन मूल हो त्यो हो तरीक़ा २ अर्थात तपाईको प्रतिरोधात्मक शक्ति नै बढ़ाउने तरीका ।

यो कोरोना भाइरस मात्र हैन कुनैपनि भाइरस लागि हालेमा यस विरुद्धको प्रत्यक्ष उपचार नै छैन । हस्पिटलमा डाक्टरहरूले लक्षणलाई आधार मानेर मात्र उपचार गर्छन अर्थात जे-जे समस्या देखिएको छ त्यस विरुद्ध राहत महसुस हुने (अर्थात श्वास-प्रश्वासमा कठिनाई छ भने अक्सिजन दिने, ज्वरो आएको छ भने पारासिटामोल दिने आदि) मात्र गर्दछन र तपाईलाई तपाईकै रोग विरुद्ध लड्ने तपाईकै प्रतिरोधात्मक शक्तिको भरमा नै छोडिदिन्छन, अन्य विकल्प नै छैन तसर्थ कोरोना भाइरसको औषधि नभएकोले तपाईकै रक्षात्मक शक्तिले यसलाई जित्नु नै, अब चाहे अस्पतालमा डाक्टरको निगरानीमा रहनुहोस् वा घरमा नै रहनुहोस्, एकमात्र विकल्प हाललाई छ तसर्थ यहाँ महत्वपूर्ण भूमिका भनेको तपाईको शरीरको रक्षात्मक प्रणाली नै हो । हाम्रो रक्षात्मक प्रणाली बलियो हुनु नै यो रोग सहित अन्य सबै रोगहरूलाई परास्त गर्न सक्ने एकमात्र हाम्रो अस्त्र हो ।

रक्षात्मक प्रणाली कसरी बलियो हुन्छ ?

एकमात्र उत्तर, प्रकृति प्रदत्त रहनसहन । हामी मनुष्य हौ, मनुष्यको स्वरूपमा प्रकृतिले जे अनुमति दिएकी छिन त्यही आचरण, खानपान अपनाउनु नै शरीरको रक्षात्मक प्रणाली बलियो बन्नु हो । जति-जति प्रकृति विरुद्ध जानुहुन्छ त्यति-त्यति तपाईको रक्षात्मक प्रणाली ध्वस्त हुदै जान्छ, तपाई कमज़ोर हुदै जानुहुनेछ । वैदिक सनातन धर्मले मनुष्यलाई मनुष्यको वास्तबिक प्रकृति के हो त्यो विस्तृतमा बताएको छ तर पनि तलका केही महत्वपूर्ण बुँदाहरू मनन योग्य छन् । हाललाई कोरोना भाइरसको प्रकोपको यो अवस्थामा भाइरस विरुद्ध स्वयंको रक्षात्मक प्रणाली बलियो बनाउन अविलम्ब यी कार्यहरू प्रत्येक दिन गर्नुहुन अनुरोध गर्दछु ।

रक्षात्मक प्रणाली बलियो बनाउन अविलम्ब गर्नुपर्ने कार्यहरू

१. प्रत्येक दिन विहान उठेर पहिलो कार्य मनतातो कागती पानी खानुहोस् ।

२. दिनभरीमा अमिलो फलहरू जस्तै (सुन्तला, जुनार, अमला, अंगुर आदि ) शरीरको तौल अनुसार आधा/एक किलो नै खानुहोस् ।

३. पूर्ण ८ घण्टाको रातीको निन्द्रा लिनुहोस् ।

४. दैनिक कमसेकम आधा/एक घण्टा व्यायाम (हिड्नु उत्तम व्यायाम) गर्नुहोस् ।

५. चिन्तामुक्त रहने प्रयास गर्नुहोस्

६. दैनिक कमसेकम आधा घण्टा घाम ताप्नुहोस् ।

७. मांसाहार/अण्डा/ नशालु पदार्थ (मदिरा, सूर्ती) आदिको खान छोड्नुहोस् ।

यति मात्र गरे कोरोना जस्ता भाइरसबाट ८०% तपाईको रक्षा हुनेछ ।

सधै जीवनकालभरि यी तलका पूर्वीय आचरणहरूको पालना गर्नुहोस् कुनै पनि रोग लाग्दैन

१. समयमा सूर्यास्तपछि नै (दिनमा हैन) चाडै सुत्नु, विहान ब्रम्ह मुहूर्तमा पूर्ण निन्द्रा लिएर उठ्नु ।

२. ब्रम्ह मुहूर्तमा मैं चिसो पानीले नै स्नान शौचादी आदि गर्नु (अब कहिले नगरेको तपाईले भोलीदेखि नै चिसो पानीले न नुहाँउनु होला, शनै शनै बानी पार्नु पर्दछ) ।

३. प्रत्येक दिन कमसेकम १ घण्टा घाममा बसेको हुनुपर्यो ।

४. मांसाहार मनुष्यको भोजन हैन । मांसाहारको पूर्ण त्याग ।

५. रक्सी, चुरोट, खैनी आदि कुनै पनि नशा गर्नुहुदैन ।

६. दिनमा बढीमा २ छाक मात्र भोजन गर्ने ।

७. प्रत्येक दिन पकाएको खाना बाहेक २ छाक नै पकाएको खाना बराबर नै काँचो खाना जस्तै सलाद (गाजर, काक्रो, बंदा, केराऊ, चूकन्दर, हरियो पातहरू आदि) खाएकै हुनुपर्दछ ।

८. प्रत्येक दिन पकाएको खाना बाहेक पकाएको खाना बराबर नै मौसमी फलफूल खाएको नै हुनुपर्दछ ।

९. तपाईले जति भोजन गर्नुहुन्छ त्यसको १/३ सलाद, १/३ मौसमी फलफूल, १/३ पकाएको दैनिक भोजन (भात, दाल, तरकारी)खानुपर्छ ।

१०. प्रत्येक दिन कमसेकम १ घण्टा व्यायाम गरेको नै हुनुपर्छ ।

११. कुनै पनि आजकलका आधुनिक कारख़ानाबाट उत्पादन भएका वोटलमा, प्याकेटमा बन्द भएका खानेकुरा जस्तै: चाउचाउ, कुरकुरे, कोक, फन्टा, मैदा, प्रशोधित तेल, विस्कुट आदि खान पूर्ण बन्द गर्नुपर्छ ।

१२. पेट र पाचन प्रणालीलाई विश्राम दिन प्रत्येक एकादशीको दिन ब्रत बस्नुपर्छ ।

१३. नित्य चिन्तामुक्त रही श्रीकृष्ण भजन गर्नुपर्छ ।

यहाँ भिटामिन, लवणहरु आदिका लागि ईश्वरले नै दिएको प्राकृतिक स्रोतहरूमा जोड दिइएको देखिन्छ । यसको मतलब टेब्लेट वा झोल पदार्थमा उपलब्ध औषधि कारख़ानामा उत्पादित भिटामिन ए, बी, सी, आदि वा अन्य हर्मोन, प्रोटिन, मिनरल्स कुनै हालतमा पनि लिनुहुदैन । भिटामिन ए चाहिए ईश्वरले दिएको गाजर, पहेलो फर्सी आदि खानुहोस, भिटामिन सी चाहिए कागती, अमला आदि खानुहोस, भिटामिन डी चाहिए घाम ताप्नुहोस, प्रोटीन चाहिए प्रशस्त गेंडागुडी खानुहोस, मिनरल्स चाहिए हरियो सागपात खानुहोस आदि । यी कारख़ाना उत्पादित भिटामिन, प्रोटीन आदिका टेब्लेट र झोल खानै नसक्ने अशक्तहरूलाई लाभदायक हुन सक्छ तर मुखबाट खान सक्ने, हातखुट्टा चलाउन सक्ने तपाईले ईश्वरप्रदत्त प्राकृतिक स्रोतमा नै ड दिनु पर्दछ ।

यदि भाइरसले आक्रमण गरिहाले (ज्वरो आएको, रुघा लागेको छ, शरीर दुखेको छ) भने के गर्ने ?

डा. विश्वरूप राय चौधरीले दिनुभएको यो पुर्वीय दर्शन अनुरूपको कुनै पनि भाइरल रोगमा काम गर्ने ३ दिने सूत्र रामवाण प्रमाणित भएको छ :

१. पहिलो दिन

आज सधै खादै आएको खाना त्याग गर्ने अर्थात नखाने । आज तपाईको शरीरको जति तौल छ त्यसलाई १० ले भाग गर्दा जति आउँछ त्यति नै अमिलो फल (सुन्तला, कागती, जुनार आदि) को ठूलो गिलासको नछानेको जुस र त्यति नै गिलास क्षारिलो झोल जस्तै नरिवल पानी खाने ।

मानौ तपाईको तौल ६० के जी छ भने ६०/१० = ६ गिलास जुस र ६ गिलास नरिवल पानी दिनभरीमा खाने । १ गिलास जुस अनि अर्कों घण्टा नरिवल पानी फेरी अर्कों घण्टा जुस एवं ऋतले । यसबाहेक दिनमा ३/४ पटकसम्म बाफ लिने, तातो पानी पिउने तर पारासिटामोल (ज्वरो घटाउने औषधि) कुनैपनि हालतमा नखाने ।

स्पष्ट रहोस, ज्वरों आउनु भनेको तपाईको शरीरमा प्रवेश गरेको भाइरसलाई निष्क्रिय बनाउन र बृद्धि हुन नदिन तपाईको शरीरले गरेको रक्षात्मक उपाय हो । तपाईको शरीरले भाइरसको आक्रमण भएको थाहा पाउने वित्तिकै तपाईको शरीरको तापक्रम वृद्धि गरिदिन्छ कि त्यो भाइरस निष्क्रिय रहोस, बृद्धि हुन नपाओस। तसर्थ ज्वरो आउन दिनु पर्दछ। यदि अति ज्वरो आयो, विरामीले खप्न नै नसक्ने भयो भने मात्र ज्वरो घटाउने पारासिटामोल आदि खानु पर्दछ ।

२. दोस्रो दिन

पहिलो दिनको खानपिनको कार्यले तपाईको ज्वरों धेरै माथि जान पाउँदैन । आज तपाईको ज्वरो केही रहन सक्छ, आज पनि सधै खाने खाना नखाने । आज तपाईको शरीरको जति तौल छ त्यसलाई २० ले भाग गर्दा जति आउँछ त्यति अमिलो फल (सुन्तला, कागती, जुनार आदि) को ठूलो गिलासको नछानेको जुस र त्यति नै गिलास क्षारीलो झोल जस्तै नरिवल पानी खाने ।

मानौ तपाईको तौल ६० के जी छ भने ६०/२०=३ गिलास जुस र ३ गिलास नरिवल पानी दिनभरीमा खाने। यसबाहेक तपाईको तौल जति छ त्यसलाई ५ ले गुणा गर्दा जति आउछ त्यति ग्राम (काक्रो र गोलभेडा)को लेदो खाने। मानौ तपाईको तौल ६० के जी छ भने ६०X५ = ३०० ग्राम (काक्रो र गोलभेडा) को लेदो खाने। आज वेलुकीसम्ममा तपाईको ज्वरों निको भैसकेको हुनेछ । यसबाहेक दिनमा ३/४ पटकसम्म बाफ लिने, तातो पानी पिउने ।

३. तेस्रो दिन

तपाईको ज्वरो गैसकेको हुनेछ। आज तपाईको शरीरको जति तौल छ त्यसलाई ३० ले भाग गर्दा जति आउँछ त्यति अमिलो फल (सुन्तला, कागती, जुनार आदि) को ठूलो गिलासको नछानेको जुस र त्यति नै गिलास क्षारीलो झोल जस्तै नरिवल पानी खाने ।

मानौ तपाईको तौल ६० के जी छ भने ६०/३०=२ गिलास जुस र २ गिलास नरिवल पानी दिनभरीमा खाने। यसबाहेक तपाईको तौल जति छ त्यसलाई ५ ले गुणा गर्दा जति आउछ त्यति ग्राम (काक्रो र गोलभेडा) को लेदो खाने। मानौ तपाईको तौल ६० के जी छ भने ६०X५ = ३०० ग्राम (काक्रो र गोलभेडा) को लेदो खाने। साँझसम्ममा तपाई ठिक भैसकेको हुनुहुन्छ । साँझदेखि नित्य गर्ने भोजन गर्न सक्नुहुनेछ ।

हाम्रो पुर्वीय संस्कार अनुरूपका यी उपायहरु प्रकृतिक छन, लक्ष्यभेदी छन् ।

हरे कृष्ण !

वल्लभ चैतन्य दास साधक, चिन्तक तथा अध्येता हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !