२६ बैशाख २०८१, बुधबार

जुन जिल्ला पुग्छु त्यहीँ अनशन बस्छु : डा. गोविन्द केसी


Govinda_KC

२८ असोज, काठमाडौँ । ६३ वर्षे उमेर हदको कारण शिक्षण अस्पतालबाट सोमबार मात्र अवकाश पाएका डा. गोविन्द केसी दोलखा जिल्लाको चरिकोट पुगेका छन् । डा. केसी केही औषधि साथमा लिएर मंगलबार बिहानै काठमाडौँबाट सार्वजनिक बस चढेर दोलखा जिल्ला अस्पताल पुगेका हुन् ।

डा. केसीले माग पूरा भएन भने जुन जिल्ला पुग्छु त्यहीँ अनशन बस्ने बताएका छन् । डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी कात्तिक ८ गतेभित्र आफ्नो माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । माग पूरा नगरे १३ गते अनशन बस्ने उनको चेतावनी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !