२४ बैशाख २०८१, सोमबार

महन्थ ठाकुरको स्पष्टोक्ति : जसपाको कार्यकारिणी समिति बैठक डाकिएको छैन


महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पारेका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !