४ जेष्ठ २०८१, शुक्रबार

डा. केसीको शिविरमा भीड, ३ सय बढीको स्वास्थ्य परीक्षण


doctor kc

५ माघ, रौतहट । डाक्टर गोविन्द केसीको निःशुल्क स्वास्थ्य शिविरमा सर्लाही तथा रौतहटका विरामीहरुको भिड लागेको छ । रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा गढीमाई, वृन्दावन, गरुडा र माधवनारायण नगरपालिकाका साथै सर्लाहीको विभिन्न स्थानीय तहवाट आएका विरामीहरुको भीड देखिएको हो ।

डाक्टर केसीको टोलीले कठ्ङयाग्रिदो चिसोवाट अति प्रभावित चमार, दुषाध, मुसहर, डोम, सरभंग लगायतका अति विपन्न परिवालाई विहिवार विभिन्न किसिमका न्यानो कपडा वितरण गरेका थिए । न्यानो वितरण पश्चात शुक्रवार समनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरी ३ सय भन्दाबढी विरामीको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि उपलब्ध गराएको टोलीमा सहभागी डाक्टर अभिशेखराज सिंहले बताएका छन् ।

स्वास्थ्य शिविरमा १८३ जना महिला र ११७ जना पुरुष भन्दा बढी पुरुष गरी ३ सय बढीलाई स्वास्थ्य परीक्षण पश्चात निःशुल्क रुपमा औषधि वितरण गरिएको डाक्टर सिंहले जानकारी दिए । उनका अनुसार यहाँ स्वास्थ्य परीक्षण गराउन आएका विरामीहरुलाई चिसोवाट जोगिन लाइफसेभिंग ड्रग, खोकी, निमोनिया, दम र जुकाको औषधीहरु उपलब्ध गराएको छ । शिविरमा अधिकाँश हाडजोर्नीका विरामीहरु चिसोबाट प्रभावित भएका, नशा, रुघाखोकी, निमोनिया, दम लगायतका विरामीहरुको उपचार गरिएको डाक्टर सिंहले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !