१५ बैशाख २०८१, शनिबार

सप्तरीका एक पुरुषको भक्तपुरमा कोरोनाबाट मृत्यु


मृत्यु

भादगाउँ, असोज १५ । भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

उपचारका क्रममा उहाँको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिनुभयो । सङक्रमण पुष्टि भएपछि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !