९ कार्तिक २०७७, आईतवार

मङ्गलबारदेखि जोर बिजोर प्रणाली



trafic

बर्दिया, १२ असोज । बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जोर बिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कार्यक्रममा रोक लगाइएकोे तथा समूह गठन गर्न र पाँचभन्दा बढी व्यक्ति भेला नहुन सूचनामार्फत आग्रह गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । बर्दियामा आइतबार ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन, ३० असोज । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका

काठमाडौँ, २९ असोज । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय

सिन्धुपाल्चोक, २६असोज । अरनिको राजमार्गअन्तर्गत बन्देउदेखि खाडिचौरसम्मको १९ किलोमिटर सडकम तिहारअघि नै कालोपत्रे गरिने भएको छ । बन्देउदेखि बाह्रबिसेसम्म उक्त

काठमाडौँ, १७ असोज । कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु