२२ बैशाख २०८१, शनिबार

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध


मध्यपहाडी लोकमार्ग

लमजुङ, ५ साउन । अविरल वर्षाले पहिरो जाँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबारबाट निरन्तर परेको वर्षाले आज दिउँसो सो सडकखण्ड अन्तर्गत राइनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

नगर प्रमुख सिंहबहादुर थापाका अनुसार वडा नं ८ पाउँदी मिलन चोक र वडा नं. ६ गोफ्लेटारमा, गरमबेँसी, लुखोला, भाडगाउँलगायत एक दर्जन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो हटाउन थालेको र अविरल वर्षा भइरहेकाले सो स्थानका पहिरो पन्छाउनका लागि मङ्गलबार दिनभरी लाग्ने उहाँको भनाइ छ ।

सो सडकखण्डको मिलनचोकमा करिब १०÷१५ मिटर माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको स्थानीय गोमा जिनी नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराले सडक अवरुद्ध भएपछि कालोपत्रे सडक हिलाम्मे भएको र सवारीसाधन रोकिएका छन्, पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्नसमेत कठिन तथा जोखिम भएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !