१४ बैशाख २०८१, शुक्रबार

चितवनमा कुटाइबाट स्थानीय युवाको मृत्युपछि सेनाले भन्यो – छानबिन सुरु गरिसक्यौं


मिसगाभ, इजरायल, ९ साउन

काठमाडौं, साउन ९ । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको जनाएको छ । सेनाले आज शुक्रबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको जनाएको हो ।

सेनाले नियन्त्रणमा लिई पिटेका पूर्वी चितवनको राप्ती नगरपालिका-२ मिलन टोलका २४ वर्षीय राज कुमार चेपाङको मृत्यु बुधबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सेनाले उनीसहित ७ जनालाई साउन १ गते नियन्त्रणमा लिएको थियो । त्यही दिन उनीहरु छुटेपनि राजकुमार सोही दिनदेखि विरामी भएका थिए ।

उनका परिवारका अनुसार उनीहरु चितवन राष्ट्रिय निकुञ्जको ज्युँडी खोलामा घोंगी खोज्न गएका थिए । घोंगी खोज्न जाँदा सेनाले समातेर कुटपिट गरेको आरोप लगाएका छन् । सेनाले उनीहरूलाई कुटपिट गर्नका साथै, मुढा ओसार्न र करिब सय-सय पटक पुसअप गराउन लगाएको थियो ।

‘नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ।’

यस्तो छ नेपाली सेनाले जारी गरेको विज्ञप्ति

यस्तो छ नेपाली सेनाले जारी गरेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु