२० बैशाख २०८१, बिहिबार

ललितपुर र काठमाडौं जिल्लाका सिडिओ भन्छन्, “काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी गर्नुपर्छ”


जनकराज दाहाल

काठमाडौं, २१ भदौ । ललितपुरका सिडिओ नारायणप्रसाद भट्टले कोरोना संक्रमणको जोखिम बढिरहेकोले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्नेबताएका छन् ।

सिडिओ भट्टले आज बसेको प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा बोल्दै निषेधाज्ञा लगाएकै कारण आज काठमाडौं उपत्यकामा संक्रमण ठूलो मात्रामा नफैलिएको दाबीसमेत गरेका थिए ।

शिक्षा समिति अन्तर्गतको उपसमिति बैठकमा काठमाडौंका सिडिओ जनकराज दाहालले भने काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्नुपर्ने बताए । सिडिओ दाहालले यसको लागि नेपाली सेना परिचालन गर्नुपर्ने पनि बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !