२२ बैशाख २०८१, शनिबार

साउन २५ गतेदेखि काठमाडौं उपत्यका २ हप्ता ‘सटडाउन’


लकडाउनको समयमा काठमाडौँ उपत्यका

काठमाडौँ, साउन २३ । काठमाडौँ उपत्यकामा साउन २५ गते आइतबारदेखि २ हप्ता अत्यावश्यक बाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू बन्द हुने भएका छन् । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको हो ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरू, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठकले उक्त निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।

सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालय मार्फत कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !