१३ बैशाख २०८१, बिहिबार

भोलि प्रचण्ड-नेपाल समूह भन्छ, ‘आमहडताल’ : गृह भन्छ, ‘निर्धक्क सार्वजनिक यातायात चलाउनु’

प्रचण्ड-नेपाल समूहको निर्णय र गृहको विज्ञप्तिले अल्मलिए जनता


प्रचण्ड-नेपाल समूह र गृह मन्त्रालय

काठमाडौँ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेसँगै भोलि मुठभेट हुने संकेत देखिएको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । यसरी प्रचण्ड-नेपाल समूह निर्णय र गृह मन्त्रालयको बिज्ञप्तिले जनता झुक्किएर अन्योलमा परेका छन् ।

मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा नियुक्ति गरेकी थिइन् ।

संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल समूहले बिहीबार आमहडताल आह्वान गरेको हो । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।

गृह भन्छ, 'निर्धक्क सार्वजनिक यातायात चलाउनु

प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्ताल गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै त्यसको विरोधमा आक्रोशित हुँदै बिहीबार देशव्यापी आमहड्ताल सहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेता श्रेष्ठले जानकारी दिदै श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताएका छन् ।

उनले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आम हड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताएका छन् । यसअघि प्रतिनिधिसभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको उक्त समुहले जनाएको छ । साथै उक्त समूहले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ । त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।

नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएपछि उक्त समूह थप आक्रोशित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !