१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपियो एक साता : के खुल्ने, के नखुल्ने ?


निषेधाज्ञा

काठमाडौँ, भदौ १७ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप १ साताका लागि लब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नुपर्ने देखिएकोले सोही अनुसार एक हप्तासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौँ जिल्लाका प्रजिअ जनकराज दाहालले जानकारी दिए । निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायण प्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यससगै तीन जिल्लाले आ-आफ्नो जिल्ला प्रशासन मार्फत निर्णय सार्वजनिक गरेका छन् । उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको थियो ।

निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे गृह मन्‍त्रालयमा छलफल गरिएको हो । नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी थोरै परिवर्तन गरिएको हो । मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो ।

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ । बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंक लगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ । तर होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ ।

काठमाडौँ निषेधाज्ञा1

काठमाडौँ निषेधाज्ञा2

काठमाडौँ निषेधाज्ञा3

काठमाडौँ निषेधाज्ञा4

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा १ साता थपियो निषेधाज्ञा : भदौ २४ सम्म जारी रहने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !