८ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा १ साता थपियो निषेधाज्ञा : भदौ २४ सम्म जारी रहने


काठमाडौं उपत्यका

काठमाडौँ, भदौ १७ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप १ साताका लागि लब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गर्दा अझै केही समय निषेधाज्ञा थप्नुपर्ने देखिएकोले सोही अनुसार एक हप्तासम्म यसअघिकै निर्णयलाई निरन्तरता दिइएको काठमाडौँ जिल्लाका प्रजिअ जनकराज दाहालले जानकारी दिए । निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

दाहालसहित भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका नारायण प्रसाद भट्टको संयुक्त बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यससगै तीन जिल्लाले आ-आफ्नो जिल्ला प्रशासन मार्फत निर्णय सार्वजनिक गरिएको छ ।

काठमाडौँ निषेधाज्ञा2

काठमाडौँ निषेधाज्ञा2

काठमाडौँ निषेधाज्ञा3

काठमाडौँ निषेधाज्ञा4

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !