७ मंसिर २०८१, शुक्रबार

संखुवासभामा जंगली च्याउ खाँदा बुबा छोरा बिरामी


जंगली च्याउ

संखुवासभा, बैशाख २३ । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् ।

सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !