रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्त नलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलीक ९० – १२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ । रक्तचाप जीवनशैलीसंग सम्बन्धित रोग हो ।
जीवनशैली खराव भए रक्तचाप नियन्त्रण गर्न गाह्रो हुन्छ । रक्तचाप भएको खण्डमा जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जीवनशैली परिवर्तनमा भोजन व्यवस्थापनको ठूलो महत्व छ । रक्तचाप हुदाँ खानहुने र खान नहुने कुराको सूची लामै हुनआउछ तर मोटामोटि रूपमा बुझ्नुपर्दा यी सबैलाई तीन समूहमा बाढ्न सकिन्छ ।
रक्तचाप भएको खण्डमा जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जीवनशैली परिवर्तनमा भोजन व्यवस्थापनको ठूलो महत्व छ ।
१. सोडियम ज्यादा भएका खानेकुरा जस्तैः चर्को नुन हालेको, अजीनोमोटो हालेको, खाने सोडा हालेको, सोडियम फस्फेट हालेको खानेकुराहरू ।
२. रक्तनली सागुह्रो बनाउने र बोसो लगाउने खानेकुराहरू ।
३. तनाव बढाउने र मष्तिस्कलाई उत्तेजित पार्ने खानेकुराहरू ।
१) नमकिन
धेरै चर्को नुन हालेर मैदाबाट बनेको जंकफूडलाई हामी नमकिन भन्दछौँ । नमकिनमा अत्याधिक मात्रामा नून हालिएको हुन्छ । नूनमा सोडियम नामक तत्वको आधा हिस्सा हुन्छ । सोडियम हाम्रो शरीरलाई ठिक्क मात्रामा चाहिने तत्व हो तर सोडियमको मात्रा शरीरमा ज्यादा भएमो सोडियमले मृगौलाले पिसाबको रुपमा फ्याकी सकेको पानीलाई समेत खिचेर पुनः रगतमै फर्काएर ल्याउँदछ । यसरी पिसाबको रुपमा शरीरबाट बाहिर निकालिसकेको पानी पुनः रगतमै आएपछि रगतको आयतन बढ्दछ र रगतको आयतन ज्यादा हुँदा अतिरिक्त रगतले रक्तनलीमा ज्यादा दवाब (प्रेसर) बनाउँदछ । यसै गरी नमकिनमा पर्याप्त मात्रामा अजीनोमोटो र खाने सोडा पनि हालिएको हुन्छ । अजीनोमोटो र खाने सोडा दुवैमा पर्याप्त मात्रामा सोडियम छ । यी तत्वहरु नुनिलो स्वादका नभए पनि नुन भन्दा ज्यादा घातक छन् ।
२) जंकफूड
आवश्यक पौष्टिक तत्वहरु निकालिएका उच्च क्यालिरी युक्त तारे र भुटेको मसलादार खानेकुरालाई हामी बोलचालको भाषामा जंकफूड भन्दछौँ । जंकफूड लाई संरक्षण गर्न र स्वादिलो बनाउनका लागि अजिनोमोटो खानेसोडा नून र तेलको अत्याधिक प्रयोग गरिएको हुन्छ । अजिनोमाोटो र खाने सोडामा सोडियमको उच्च मात्रा हुन्छ । सोडियमका अलावाा अजिनो मोटो आँमा अक्सिडेटिभ स्ट्रेस बढाउने तत्व हो । जंकफूड संरक्षणमा प्रयोग हुने खाने सोडामा पनि उच्च मात्रामा सोडियम हालिएको हुन्छ । जंकफूडमा हालिएको तेलमा ट्रान्सफ्याटि एसिडको ठूलो मात्रा हुन्छ । ट्रान्सफ्याटि एसिडले नसा साघँ~याउने रक्त नलीको भित्रीपत्र सुन्याएर अक्सिडेटिभ स्ट्रेस पैदा गर्दछ ।
३) अचार
घरमै पुरानो अचार बनाउन पनि नून र तेल र मसलाको उच्च मात्रामा प्रयोग गरिएको हुन्छ । नून आपैmमा रक्तचाप बढाउने तत्व हो भने लामो समयसम्म खानेकुरा संरक्षणमा राखिएको तेल आफैमा ट्रान्सफ्याट्टी एसिडको ठूलो श्रोत हो । ट्रान्सफ्याट्टी एसिड पनि रक्तनली साघँ~हो पार्ने र रक्तनलीको भित्री पत्र सुन्याएर रक्तनलीलाई कठोर बनाउने तत्व हो । अचारमा प्रयोग गरिने मसलाहरु पनि रक्तचाप बढाउने तत्वहरुले भरपुर भएका हुन्छन् । घरमा बनाएको चटनीमा नून प्रयोग नभएको भए थोरै खान सकिन्छ तर नून हालिएको चटनी पनि खानु हुँदैन ।
४) सूर्ती एवं सूर्तीजन्य तत्वहरु
सूर्ती एवं सूर्तीजन्य तत्वहरुको प्रयोगले रक्तनलीको मांशपेशी खुम्चिएर रक्तचाप बढ्दछ । सुर्ती र सूर्ती जलाइएको धुवाको सेवनले रक्तनलीमा बोसो जमाउने अथेरोस्क्लेरोसिस भन्ने रोग उत्पन्न गराउँदछ । यसका अलावा सूर्तीमा अनेकौ तत्व यस्ता छन् जसले रक्तनलीमा सूक्ष्म घाउहरु बनाएर रक्तनली सुन्याउँदछन् ।
५) कफिको सेवन
चिया कफी हट चकलेट बर्नभिटा जस्ता पेयमा उच्च मात्रामा क्याफिन, ट्यानीन र निकोटिन जस्ता मस्तिष्कलाई उत्तेजित पार्ने तत्वहरु पाईन्छन् । यी तत्वहरुले मस्तिष्कलाई उत्तेजित पार्नुका साथै नसा भित्रका मांशपेशीलाई खुम्च्याएर रक्तचाप बढाउने गर्दछ । चिया कफीको सेवनले गहिरो निन्द्रा लाग्न दिँदैन । गहिरो निन्द्रा निदाउन नसक्दा रक्तचाप आफै बढ्दछ ।
६) रक्सी
रक्सीको सेवनले चाहे त्यो धेरै मात्राको होस् वा थोरै मात्राको होस्, कहिकतै फाइदा गर्दैन । रक्सी सेवन पश्चात मस्तिष्क उत्तेजित हुन्छ त यस अवस्थामा मुटुको चाल बढ्छ, रक्तनली सागुरिन्छ र रक्तचाप बढ्दछ ।
७) चिल्लो खानेकुरा
चिल्लो धेरै हालिएको खाने कुराले रक्तनली साघु~याउने अथेरोस्क्लरोसिस भन्ने रोग लगाउँदछ । चिल्लो खानेकुरा बनाउँदा प्रयोग गरिएको तेल ट्रान्स फ्याट्टि एसिडमा परिवर्तित भई रक्तनली सुन्याउने रोग पनि लगाउँदछ । ज्यादा चिल्लो खाँदा तौल पनि बढ्दछ र तौल बढेसँगै रक्तचाप पनि बढ्दछ ।
८) चकलेटको सेवन
चकलेट पनि एक किसिमको जंकफूड हो । चकलेट बनाउन अनेकौँ प्रकारका स्वास्थ्यलाई हानी गर्ने तत्वहरु हालिएको हुन्छ ।
लेखक डा. हेमराज कोइराला भरतपुर महानगरपालिका–१, वागीश्वरी, चितवन स्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् ।
यो पनि पढ्नुहोस्