१४ बैशाख २०८१, शुक्रबार

मधुमेह रोग लागेमा के खाने ?


मधुमेह रोगीले खानेकुराहरु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मधुमेह रोग लागेमा के खाने ? आज हरेक घरमा यस्ता रोगी भेटाउन सकिन्छ । खानपिनमा लापरबाहीको प्रतिफल भनेकै मधुमेह भन्ने रोग हो । यस्ता रोगमा के कस्ता खाना खानाले रोग निको हुनसक्छ भन्ने जानकारी हुन सकेमा राम्रो फाइदा हुने देखिन्छ । रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहका रोगीले जे पायो त्यही खानेकुरा खानहुँदैन ।

यो एक दीर्घरोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । आज हामीले मधुमेहका रोगीले खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ ।

सिमी

सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ ।

एभोक्याडो

नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडो बीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ ।

गाजर

गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिईन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।

ब्रोकाउली

ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लाथि निक्कै लाभदायक मानिन्छ ।

लसुन

खानालाई मिठो बनाउन हामिले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।

प्याज

प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संmग्न गर्न अत्यावश्यक छ ।

माछा

माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले असामान्य मुटुको धड्कन को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

नोट : हरेक मधुमेहका रोगीले खानपिनमा ध्यान पुर्याउनु पर्छ भने आधा रोग त्यसै निको हुनसक्छ भनेको छ । उपचार गर्दा रोग निको हुनमा जति आवश्यक औषधिको छ त्यो भन्दा बढी खानपिनको आवश्यक भएको हुनसक्छ । मधुमेह लागेको थाहा हुनासाथ डाक्टरको परामर्शमा उपचार गराइहाल्नुपर्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

जाडोमा के खाने ? यस्ता छन् जान्नैपर्ने कुराहरु

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !