११ श्रावण २०८१, शुक्रबार

तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु


तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु । हामी खाना वा रोटीसँग तरकारी खाने गर्छौ । धेरै मिहिनेत गरेर तरकारी अथवा दाल त बनाइन्छ, तर कहिलेकाहिँ भने नुन बढी भएर धेरैलाई चिन्ता हुने गर्छ । नुन बढी भएको तरकारी खान गार्है पर्छ । यस्तै आफ्नो मिहिनेत परेको हुँदा फाल्न पनि त्यति सजिलो हुँदैन । नुन बढी भएको तरकारी र दाललाई के गर्न सकिन्छ ? तरकारीमा नुन चर्को हुँदा के गर्ने ? जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु यस प्रकार छन् ।

तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

१. तरकारीमा नुन बढी भएको अवस्थामा आलुले राहत दिलाउन सक्छ । आलुलाई ताछेर नुन बढी भएको तरकारी र दालमा राख्नाले नुनिलोको मात्र कम हुन सक्छ । पूर्ण रुपले नुनिलोको समस्या समाधान नभएतापनि नुनिलोलाई केहि मात्रामा कम गराउन आलुले मद्दत गर्छ ।

२. आँटाको पिठोलाई प्रयोग गरेर पनि तरकारीमा नुनिलो घटाउन सकिन्छ । यसको लागि नुन चर्को भएको तरकारी अथवा दालमा आँटाको डल्ला बनाएर राख्नपर्ने हुन्छ । यसो गर्दा नुनको मात्र तरकारीमा घटेर जान्छ ।

३. तरकारी र दालमा दहि मिसाउनाले पनि नुनिलोको मात्र केहि हदसम्म कम गर्न सक्छ । नुन चर्को भएको तरकारीमा दहि मिसाउँदा तरकारीको स्वादमा पनि केहि परिवर्तन आउन सक्छ । तर नुनको मात्रा पनि केहि हदसम्म कम गराउन दहि सहयोग हुन सक्छ ।

४. नुन चर्को भएको तरकारी र दालमा कागतीको प्रयोग धेरै उपयोगी हुन सक्छ । साथै यस उपायलाई धेरै गृहिणीहरुले पनि प्रयोग गर्ने गर्छन् । यसरी तरकारीमा कागतीको रस मिसाउनाले नुनिलो कम हुने मात्र नभई तरकारीको स्वादमा पनि परिवर्तन ल्याउन सक्छ।

यो पनि पढ्नुहोस् 

भान्टाको तरकारीवाट यी रोगहरुलाई फाइदाहरु

एकैसाथ खान नहुने यी दुई फल तथा तरकारीहरु

गर्मीको समयमा यी तरकारीहरु प्रयोग नगर्नुहोला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !