८ बैशाख २०८१, शनिबार

भान्टाको तरकारीवाट यी रोगहरुलाई फाइदाहरु


भान्टामा हामीले विभिन्न थरीका भिटामिन पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम आदि पाइन्छ । भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । भान्टामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचनप्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ । भान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ता अवयव हुने भएकाले तरकारीमा पनि विशेष रङ उत्पन्न गर्छ । नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । यसमा पाइने भिटामीन बि–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ । भान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । भान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !