७ बैशाख २०८१, शुक्रबार

जाडो बढेको छ, यी खानेकुरा ख्यान नभुल्नु होला !


मह

एजेन्सी । जाडो मौसममा हरेक मानिसले ख्याल गर्नुपर्ने हुन्छ । चिसोमा आफ्नो ख्याल गर्न छोड्यो भने समस्या आउन सक्छ । खानाहरुमा पनि ख्याल गर्नुपर्ने हुन्छ । चिसो सिजनमा विभिन्न रोगहरुले पनि सताउने गर्छ । मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरिरलाई हिट पनि प्रदान गर्छन । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ । आधा लिटर पानीमा २ चम्चा कोदोको पीठोको सुप बनाएर विहानको समयमा पिउनाले शरिरलाई न्यानो प्रदान गर्छ । मासुले शरिरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरुले शरिरलाई रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरिररको मांसेपशी दरो बनाउनुको साथै शरिरलाई ऊर्जा प्रदान गर्छ । दुधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने बिभिन्न संक्रमणबाट बचाउछ । भिटामिनले शरिरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरुको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसावले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रुपमा लिइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !