६ बैशाख २०८१, बिहिबार

योमरी के हो ? योमरी किन खाइन्छ ?


योमरी

योमरी हरेक वर्ष यःमरि पुन्हिको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा “यः” अर्थात मन पर्ने र “मरि” अर्थात रोटी भन्ने बुझिन्छ । यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो । नेवारी समुदायमा नयाँ चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखेर योमरी बनाईन्छ ।

योमरी भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । योमरी पूर्णिमाको दिन बाहेक महत्वपूर्ण दिनहरु जस्तै जन्मदिन, घरको उदघाटनमा पनि योमरी बनाउने चलन छ । योमरीको पुछर जती लामो भयो, पुसको जाडो त्यती नै कम हुने विश्वास जनमानसमा रही आएको छ । योमरीले पुर्णता र उदरता लाई जनाउछ । जसरी मन्दिरको गजुरले पुर्णतलाई जनाउछ त्यसैगरी योमरीले पनि पुर्णतालाई जनाउछ ।

काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ। पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ । सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप लिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन् । नेवारी चाडपर्व योमरी खानुको वैज्ञानिक पनि जोडिएको छ । चिसो समयमा चाकु र तिलजस्तो गर्मी हुने खानेकुरा तात्तातो रोटीमा राखेर खानाले चिसो भाग्ने पनि गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !