१२ बैशाख २०८१, बुधबार

यस्ता छन् मिसाएर खान नहुने खानेकुराहरु, जसले निम्त्याउछ यस्ता समस्याहरु


एजेन्सी, कुनै खानेकुराहरु यस्तो हुन्छ । जुन अन्यसँग मिसाएर खान हानिकारक मानिन्छ । जसले हाम्रो स्वास्थ्यलाई अस्वस्थ बनाउछ । स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।

माछा र सक्खर सँगै खानु हुँदैन यसले पित्त विगार्छ् ।
भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ ।
गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ् ।
हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !