८ बैशाख २०८१, शनिबार

यस्ता छन् शिलाजितको सेवनले मानव स्वास्थ्यमा पुग्ने फाइदाहरु


शिलाजित

शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा बढी गर्ने कुरा केहि पत्रपत्रिकामा छापेको भएपनि यो महिला पुरुष दुबैले सेवन गर्न सकिने कुरा पत्ता लागेको छ । शिलाजित खाँदा शरीरमा सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक सिद्ध छ ।

हाम्रो देशमा शिलाजीतको खानी भएपनि यसको प्रयोग कम भएको देखिन्छ । नियमित सेवन गर्न सकिने शिलाजीतको उपयोग विभिन्न रोगमा प्रयोग गर्न सकिने देखिन्छ । जोर्नी दुख्ने सुगरका रोगीले खायमा कमजोर नहुने आयुर्वेद ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

शिलाजीत एक रोग अनेक भने जस्तै एउटा औषधिले थुप्रै रोग निको गराउन सक्क्षम छ । यस्ता अनेकौं औषधि हाम्रो देशमा पाइन्छ तर यसतर्फ खोज खबर हुन सकेको छैन ।

शिलाजीतबाट उपचार गर्न सकिने रोगहरू

१. यो बलबर्धक छ । शिलाजीतमा एंटीऑक्सिडेंट हुने हुनाले जाडो मौसममा चिसोबाट बचाउन राम्रो भूमिका शिलाजीतले खेल्न सक्छ ।

२. शिलाजीतको सेवन गराउनाले मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । शिलाजीतमा न्यरोप्रोटेक्टेब क्षमता हुने हुनाले मानिसलाई रोग प्रतिरोधक क्षमता बढाउछ । शिलाजीतमा विर्सने रोग भएकाहरूलाई समेत यसको सेवनले राम्रो फाइदा पुराउने गर्दछ ।

३. शिलाजीतको प्रयोग गर्नाले हर्मोन र इम्यूनो सिस्टम नियन्त्रित गर्दछ ।

४. यसको प्रयोगले जोर्नी दुख्ने, युरिक एसिड बढ्ने समस्यालाई समेत नियन्त्रण गर्दछ । युरिक एसिड क्रमश: ठिक हुदै जान थाल्दछ ।

५. शिलाजीतको प्रयोगले मधुमेह रोगमा रगतमा हुने ग्लूकोज र लिपिड प्रोफाइल कम गर्न राम्रो भूमिका खेल्दछ ।

६. सेक्स कमजोर हुने हरूले नियमित शिलाजीत दुधसंग सेवन गर्नाले बुढो पनि जवान हुने उल्लेख गरेको छ ।

७. यो प्राकृतिक भिटामिन भएकाले यसको सेवन गर्नाले अनेक रोग हुनबाट समेत बचाउने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !