८ बैशाख २०८१, शनिबार

यस्ता छन् स्वास्थ्यका लागि हाडे बदाम खानुका फाइदाहरु


हाडे बदाम

बदामको गुदीमा पेट सफा राख्ने, पिसाब खुलाउने, शरीरलाई पोषण दिने, दुखाइ कम गर्ने, शरीरको भित्री भाग सुन्निएर वा चिलाएर दुखेको भए त्यसलाई निको पार्ने, नसाहरूलाई सक्रिय राख्ने क्षमता रहेको हुन्छ । बदामको तेल मीठो र शीतलता प्रदान गर्ने खालको हुनुको साथै यसमा मांसपेशीहरूलाई बाउँडिनबाट बचाउने क्षमता हुन्छ ।

हाडे बदाम अत्यन्तै पोषिलो हुने भएकाले गर्भवती महिलाहरूका लागि एकदमै उपयुक्त शक्तिको स्रोत मानिन्छ । हामीले के खाने के नखाने भन्नेबारे आवश्यक जानकारी नहुनाले हाम्रो स्वास्थ्यमा पनि ठूलो असर परेको देखिन्छ ।

आज यस्ता अनेकौं पौष्टिकतत्व भएका फलफूलहरू छन् तर हामीले सेवन गर्न र यसका फाइदा के के छन् भन्नेबारे जानकारी नहुनाले फाइदा लिन सकेका छैनौं । आज मैले हाडे बदामको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

यस्ता छन् हाडे बदाम खानुका फाइदाहरु

१. दैनिक बदाम खानाले शरीरको प्रतिरोधक क्षमतामा वृद्धि गर्छ । यदि बदामको सेवन दैनिक गर्नाले दिनभर शक्ति र उर्जा दिन्छ ।

२. बदाममा प्रशस्त पोषकतत्व पाइन्छ, जसले स्मरणशक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ । बदाम बढिरहेका बच्चाहरूका लागि निकै लाभदायक हुन्छ । बदाममा म्याग्नेसियम पनि हुन्छ, जसले हृदयघात रोक्न मद्दत गर्छ ।

३. बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास गर्ने रसायन पाइन्छ । बदामको बाहिरी भागसंगै बदाम खानाले सेतो रक्त कोषिकाको वृद्धि हुन्छ ।

४. बदाम एलडीएल कोलस्टोरेललाई कम गर्छ । यसमा रहेको मोनोस्याचुरेटेड फ्याट मुटुको बिमारीलाई कम गर्नमा राम्रो भुमिका खेल्दछ । बदाममा रहेको भिटामिन ई पाइने एण्टी-अक्सिडेन्ट गुणका कारण यसको सेवनले एलडिएल कोलेस्टेरोलको स्तर घट्छ र मुटुको रोग हुने खतरा कम हुन्छ ।

५. बदाममा प्रोटिनको मात्रा अधिक हुन्छ । प्रोटिनको आवश्यक पुरा गर्न नित्य बदामको सेवन गर्नाले राम्रो फाइदा हुनेछ ।

६. बदामको नियमित सेवन गर्नाले सेक्स कमजोर हटाउन समेत राम्रो काम गर्दछ । सेक्स पावर बढाउन औषधि होइन बदाम खाउ भन्ने हाम्रो आग्रह छ ।

७. महिलाहरूमा सेक्स चाहना कम हुने भएमा नित्य दुधसंग बदाम दिनाले सेक्स इच्छा जगाउदछ । आजकल अधिकांश महिलाहरूमा यो समस्या देखिन थालेको गुनासाहरू सुनिन थालेको छ ।

८. यो बच्चा युवा बुढा सबैले खान सक्ने पौष्टक फल हो । बदामको फाइदा लिन बोक्रा नफाली खानुपर्छ । यसको बाहिर कडा खालको बोक्रा हुन्छ त्यो खानुस भनेको होइन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !