१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् काउली खानुका फाइदाहरु, जानी राखौ


फूलगोभी

फूलगोभी खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

फूलगोभीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ ।

अध्ययन अनुसार फूलगोभीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ ।

जति धेरै फूलगोभी आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै फूलगोभीको खपत गर्ने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि

अध्ययनहरूले के देखाएका छन् भने, फूलगोभी लाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘फूलगोभीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घण्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’

अन्य फाइदाहरु

फूलगोभीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।

फूलगोभी भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका फूलगोभीमात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । साथै, काउलीबाट राम्रो मात्रामा रेसा र शरीरलाई चहिने अन्य महत्वपूर्ण तत्वहरू पनि पाइन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !