७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् स्वास्थ्यको लागि लौकाको जुस पिउनुका फाइदाहरु, जानी राखौ


लौकाको जुस

हामी विहानै उठेपछि चिया र कफि पिउने बानी छ । बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

लौकाको जुस पिउँदा हुँने फाइदाहरू

१. वजन घटाउनमा मद्दत

लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

२. कब्जियतको बिरामीको लागि फाइदाजनक

यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउँछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।

३. शरिरभित्रको फोहोरलाई सफा गर्ने

खाली पेटमा लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ ।

४. शक्तिको लागि

यदि तपाई विहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ । यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ ।

५. युरिन ईन्फेक्सनमा फाइदा

यदि तपाईलाई युरिन डिस्चार्ज गर्ने बेला जलन वा दुख्ने महसुस हुन्छ भने लौकाको रस पिउनुस यो फाइदाजनक छ । युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ ।

नोट : समय अभावका कारण केमीकल मिसाएको जुस खानु स्वास्थ्यका लागि फाइदा होइन बेफाइदा हुन सक्छ । जुस ताजा र केही नमिसाएको हुनुपर्छ । जुस हमेसा आफै बनाएर खानु राम्रो हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !