१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु


मूलाका फाइदाहरु

मूलाको उपयोग गरेर हामीले पाचन क्रियालाई सुधार्न सक्छौं । मुलाको पातको रस बनाएर त्यसमा खस्रो चिनी राखेर जण्डिसको उपचार घरमै गर्न सक्छौं ।

मूलाको प्रयोग सवैभन्दा बढी मधुमेहका रोगीले गर्दा राम्रो फाइदा देखिन्छ । गर्मीको प्रभाव देखि अमिलो डकारहरू आउँछ भने त एक कप मूलाको रसमा मिश्री मिसाएर पीउने गरेमा लाभ हुन्छ ।

यस्ता अनगिन्ती रोगहरूछन् जस्मा मूलाले राम्रो फाइदा गर्दछ । हामीले यदि हाम्रो करेसा बारीबाटै जण्डिस, पाइल्स, मृगौला जस्ता रोग निको बनाउन सक्छौं । आज हामीले यस्ता लाभदायक तरकारी काचै खान सकिने बस्तुलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकि रहेका छैनौं ।

आज हाम्रो करेसा बारी या गमलामा रोपेर पनि उत्पादन हुने मूलालाई वेवास्ता गर्छौ, मुलाको सागलाई । मुला प्रयोग गरेपनि त्यसको साग मिल्काइदिन्छौ । यद्यपि मुलाको सागको आफ्नो विशेषता छन् ।

मूलाको अन्य प्रयोग यहाँ दिइएको छ हेरेर लाभ उठाउन सक्नु हुनेछ ।

१. मुलाको पातमा भिटामिन ए, बि, सीका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यान्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

२. मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुस हुदैन ।

३. पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

५. यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !