१२ बैशाख २०८१, बुधबार

स्वास्थ्यको लागि यस्ता छन् मेथीका फाइदाहरु जानौ


डा. राम बहादुर बोहरा

हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग हुने मेथीको फाइदा धेरै छ । मेथी साग तथा दाना मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन कालदेखि नै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिंदै आएको छ ।

मेथीको बीउ एक बहुमुल्य औषधीको रूपमा चिनिन्छ । यसले भोक बढाउँने, कब्जियत ठिक गर्ने, चिनी रोग हटाउनुको साथै संक्रामक रोगबाट पनि रक्षा गर्दछ । यसले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि राम्रो फाइदा गर्दछ।

प्रकृतिको अनुपम उपहार भान्साको औषधि प्रयोग गरेर लाभ उठाउन सकि रहेका छैनौं । आज यसका फाइदाबारे प्रकाश पार्ने छौं । स्वस्थ रहन हामीले औषधिमा भरपर्नु भन्दा भान्साका औषधि सेवन गरेर आफुलाई निरोगी बन्ने काममा जुटौं भन्ने हाम्रो आग्रह छ ।

डायबिटिज शुगरको पहिलो चरणमा मेथीको दाना अत्यन्त लाभप्रद छ । यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा मदत्त गरेको हुन्छ । यसले थकान कम्मर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । एक कप पानीमा वेलुका एक चमच मेथी दाना भिजाउँने विहान पानी पिउने मेथी दाना चपाएर खाएमा फाइदा हुन्छ ।

मेथीमा पाइने तत्व यस्ता छन्

मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, रीबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, म्याङ्गेनिज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ। यसमा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, एलब्युमिन प्रोटीन, मेथीदानालाई अनेकौं औषधीय प्रयोग गर्न सकिन्छ ।

मानीसलाई चाहिने आवश्यक तत्वका कारण मेथीलाई बहुगुणी औषधिको रूपमा हामीले लिएका छौं । सहि तरिकाले यस्को प्रयोग गर्न सके यसबाट हामीले राम्रो फाइदा उठाउन सक्ने छौं । नियमित शुगरको औषधि सेवन गर्नेहरूले मेथीको सेवन गरेर फाईदा उठाउन सकिन्छ ।

मेथीका अन्य फाइदा जानौं

१. मेथीको दाना साझ पानीमा राख्ने विहान पिउँनाले मधुमेह ठिक हुन्छ ।

२. मेथी दानाको प्रयोगले मुटु स्वस्थ्य राख्न, पाचन शक्ति बढाउँ राम्रो फाइदा गर्दछ।

३. मेथीको प्रयोग नियमित गर्नाले कामवासना बढाउँने काम गर्दछ ।

४. पेटमा हावा भरिने, पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडामा समेत मेथी उपयोगी छ ।

५. प्रात: उठ्ने बित्तिकै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या ठिक हुन्छ । मेथीको सेवन खासगरी बुढापालामा देखिने घुँडा दुख्ने समस्या ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !