७ बैशाख २०८१, शुक्रबार

लामो आयु बाँच्न कस्तो खाना खाने ?


लामो आयु बाँच्न कस्तो खाना खाने ?

आज मानिस दैनिक प्रदुषण हावा पानी र खानपानको कारण रोगको दलदलमा फस्दैछन् । हामीले खाने खाना स्वस्थकर नभई रोग बढाउने खालको देखिएको छ । यस्ता खानपिनका कारण रोगको संक्रमणले मानिस दैनिक नयाँ-नयाँ रोगको सिकार हुन पुगेका छन् ।

मुटुको रोग, कोलेस्टेरोल, मधुमेह जस्ता रोग गलत खानपानका कारण बढ्दैछ भन्दा खासै फरक छैन । आज विश्वमा जति पनि मान्छे मरिरहेका छन्, सवै गलत खानपानका कारण या खान नजानेर मरिरहेका छन् ।

हामीले स्वास्थ्यलाई ध्यान दिन सके कुनै पनि रोग नलाग्ने निश्चित छ । अब यहाँ महत्वपूर्ण प्रश्न गर्न सक्नुहुन्छ । हामीले खाने खाना कस्तो हुनुपर्छ ? हामीले खाने हरेक खाना प्रकृतिले दिए अनुसारको हुनुपर्छ । आज हामीले खाने पानी समेत कृतिम छ ।

हामीले खाने चामल पोलिस गरेको चामल होइन, पोलिस नगरेको चामल खानाले मधुमेह लगायत अन्य रोगको खतरा कम हुने गर्दछ । खाना प्रकृतिले दिएका गहु, मकै, पोलिस नगरेको चामल, विषादी नराखेको तरकारी खाने र बजारमा पाइने कृतिम खाना सकेसम्म नखाने गरेमा अनेकौं रोगको दलदलबाट हामी बच्न सक्नेछौं ।

हामीले खाने हरेक खाना स्वास्थ्यका लागि नभई, स्वादको लागि खाना खान्छौं । यसरी स्वादको लागि खाने खानाले स्वास्थ्यमा नकरात्मक असर हुन सक्छ । तर यस्ता विषयमा हामीले ध्यान दिन नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य हो भन्दा खासै फरक छैन ।

लामो आयु बाँच्नेहरुको अनुभव अनुसार कम खाने बढी आयु सम्म बाच्ने निष्कर्ष निकालेका छन् किनकी बढी खानाले पाचन तन्त्रमा यसको असर हुन सक्छ ।

हल्का खाना खानाले चाँडो पाचन हुने हुनाले स्वास्थ्यमा राम्रो फाइदा हुने गरेको हुन्छ । हाम्रो धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ ।

शाकाहारीको तुलनामा मांसहारीको आयु कम हुन्छ भन्ने कुरा लागु भइसकेको छ । एलोपेथिक औषधि खाने मान्छे धेरै रोगको दलदलमा फस्दै जाने हुन्छ भने आयुर्वेद जडिबुटी प्रयोग गर्ने मान्छेलाई अर्को नयाँ रोग नलाग्ने हुन्छ ।

लामो आयु बाँच्न, शरीर चुस्त, फुर्तिलो राख्न चाहनुहुन्छ भने मासुजन्य खानेकुरा त्याग्नुहोस् । सन्तुलित आहारको लागि हामीलाई प्रोटिन चाहिन्छ । प्रोटिनको स्रोत मासु हो । तर प्रोटिन हामीले अन्य खानपानबाट पनि प्राप्त गर्न सक्छौं ।

हामीले प्रोटिन, क्यालसियम जस्ता बस्तु दूधबाट प्राप्त गर्न सक्ने छौं । दूधलाई प्रोटिनको उच्च स्रोत मानीएको छ । राति एक गिलास दूध नित्य सेवन गर्नुस् यसले चाहिने प्रोटिन पुरा गर्न सक्छ । प्रोटिनको अर्को स्रोत मसरू र आलु पनि हो यसमा पनि प्रशस्त प्रोटिन पाउन सकिने छ । चाहे जेहोस् हामीले खान पानमा विशेष ध्यान पुर्याउन सके राम्रो हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !