८ बैशाख २०८१, शनिबार

तातो पानी पिउनुका फाइदाहरु


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै महत्वपूर्ण छ । तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

तातोपानीमा नुहाउदा थकाई मेटाउने निकै थकाइ मेटाउदछ । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

प्रात: चिया पिउनु अगाडि तातो पानी पिउने बानी बसाल्नु राम्रो हो । हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातो पानी पिउने बानी बसाउनु स्वास्थ्यका लागि थुप्रै फाइदा छ ।

तातो पानी पिउनुका फाइदाहरु

१. तपाईंको फ्याट बढिरह्यो र धेरै कोसिस पश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फ्याट नियन्त्रण गर्नेछ ।

२. यदि छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउनु लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।

३. महिनावारीको दुःखाई प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । थोरै अदुवा राखेर तातो पानी पिउदा यो दुखाई कम हुन्छ ।

४. तातो पानी पिउनाले शरीर कब्जियतलाई हटाउदछ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।

५. तातो पानीले जाडोमा हुने दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाई पनि कम गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !