७ बैशाख २०८१, शुक्रबार

चिसो मौसममा के खाने ?


अदुवा र लसुन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, माछा र गाजर जस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

च्याउ

च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

लसुन

चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

पालुङ्गो

पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

गाजर

चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

अदुवा

चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

चिया

चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !