७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि फलफूल खानुका फाइदाहरु, जानी राखौ


फलफूल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यको दृष्टिकोणले फलफूल बढी उपयोगी हुन्छ । गर्मी मौसममा फलफुल पर्याप्त पाइन्छ । हामीले हाम्रो भान्सामा पकाएर खाने खानाको तुलनामा फलफूलको सेवनले थुप्रै रोगहरू निको बनाउन सक्छ ।

पकाएर खाने खानेकुरा भन्दा काचै खाने खानेकुरा बढी पौष्टिक हुने गर्दछ । आजको लेखमा काचो खानाले मानव स्वास्थ्यमा के कस्तो फाइदा हुन सक्छ भन्ने बारे जानकारी पस्कन गइरहेको छु । स्वास्थ्यप्रति सबैको ध्यान पुग्न सके राम्रो हुने थियो तर कसैको ध्यान पुग्न नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन ।

यस्ता छन् फलफूलको सेवनबाट हुने फाइदाहरू

१. काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट पकाइएका खानाको तुलनामा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

२. दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ ।

३. काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ ।

४. यदि तपाई चिनीप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

५. फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ ।

६. तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

७. कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ ।

८. काँचो खानेकुरा कसलाई पो मन पर्दैन बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् ।

९. फलफूल पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !