११ बैशाख २०८१, मंगलबार

फूड पोइजन हुनुका कारणहरु र यसको उपचार


फूड पोइजन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फूड पोइजन हुनुलाई हामीले फोहर पानी र खानालाई मानेका छौं तर यो मात्र नभई हात नधोइ खाना खानाले पनि फूड पोइजन हुने सम्भावना बढी हुने गरेको पाइन्छ । आजकाल पैसाको लालचमा होटलहरूमा बासी सडेगलेको खाना दिनाले पनि फूड पोइजन हुने गरेको धेरै पाइन्छ । हामीले खाने खाना पानी दु:खित छ भने पनि हामीलाई फूड पोइजन हुने सम्भावना वढी देखिएको छ ।

फूड पोइजन यदि बच्चा बुढाहरूमा देखिएमा यसले समस्या खडा गराउन सक्छ । हाम्रो क्लिनिकबाट नास्ता गर्न हामी होटल पुगेका थियौँ । हामीले खाना खाएर घर पुगेपछि मलाई पेटमा गुड गुड गड गड गरी पेट कराउनुको साथै हल्का ज्वरो आएको थियो तर मेरा अरू दुई जनालाई उल्टी हुने पखला लाग्ने जस्तो समस्या देखिएको थियो ।

हामीले यस विषयमा होटललाई जानकारी गरायौं र हामीले खाएको चाउमिनले हामीलाई फूड पोइजन भएको जानकारी लिदा अचार बासी रहेछ अन्तमा अचारको कारणले फूड पोइजन भएको हामीले पत्ता लगाएका थियौँ । कतिपय होटलमा खाना सफा भएपनि कहिन कहि त्रुटी भएको छ ।

फूड पोइजनको पहिलो लक्षण पेट दुख्नु, उल्टी हुनु, पातलो दिशा लाग्नु आदि समस्या देखिन थाल्दछ । खाना पचाउन सक्दैन तुरुन्त उल्टी हुन सक्छ । कोहि कोहिलाई ज्वरो समेत आउन सक्छ । शरीर थाकेको महसुस हुन थाल्दछ । टाउको दुख्ने जस्ता लक्षण देखिन थाल्दछ । फूड पोइजनको असर सुरु हुनासाथ स्वास्थ्य समस्थामा गएर उपचार गराउने वा डाक्टरको परामर्श लिएर समएमा उपचार गरेमा राम्रो हुने देखिन्छ ।

फूड पोइजन हुनुका कारणहरु

१. फोहर पानी
२. बासी खाना
३. पानीको टंकी सफा नहुनु
४. खाना फोहर पानीमा पकाउने गरेमा
५. पकाएको खाना फ्रिजमा राखेर खाने गरेमा
६. बासी अचार खाने गरेमा
७. नढाकेका खाना खाने गरेमा
८. खाना खानु अगाडि हमेसा हात सावुन पानीले हात धोएर मात्र खाना खाने बानी नभएमा
९. बासी मिठाई खाएमा
१०. यदि बन्द डब्बामा खाना छ भने एक्पायर भए नभएको एकिन नगरी खाएमा

फूड पोइजनको सामान्य उपचार

१. प्रशस्त पानी पिउने
२. मर मसलायुक्त खाना सके सम्म नखाने
३. तारेका खाना बाट बच्ने
४. सफा पानी प्रयोग गर्ने
५. तुलसी, जीरा, सौंफ, धनिया जस्ता औषधि प्रयोग गरेमा फूड पोइजन निको गराउन सकिन्छ
६. फूड पोइजन हो भन्ने थाहा भएमा स्वास्थ्य समस्थामा रिफर गरेर उपचार गराउने बानी बसालेमा समएमा यसको समस्या समाधान गर्न सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !