२३ बैशाख २०८१, आइतबार

‘मिडलाइफ क्राइसिस’ के हो? र यसलाई व्यवस्थापन कसरी गर्ने?


मानिसहरुका जीवनका विविध पक्षहरु केलाउँदा बढ्दो उमेरसँगै जीवनप्रतिको आशक्ति र अपेक्षा बढ्नु स्वाभाविक नै हो। तर जब यी कुराहरुको लय मिल्दैन, तब तनाव उत्पन्न हुन्छ। यो नै ‘मिडलाइफ क्राइसिस’ हो। मनोवैज्ञानिक र व्यावहारिक दृष्टिकोणबाट हेर्दा मानिसहरुको मध्य कालखण्डबाट (४५ वर्षको उमेरबाट ६५ वर्षको हाराहारीमा) यो समस्या देखिन्छ।
कतिपय मानिसहरुमा निराशा,पश्चाताप,असुरक्षाको भाव देखिन्छ भने कतिपयमा पुनः यौवनकालको प्राप्तिको लालाषा जाग्दछ र कतिपयमा आफ्नो जीवन पद्दति र वरपरको वातावरणमा आमुल परिवर्तन गर्ने भोक जाग्दछ।

कति समयसम्म यो समस्या देखिन्छ?

पुरुषहरुमा यो समस्या ३ देखि १० वर्षसम्म देखिन सक्छ भने महिलाहरुको हकमा भने २ देखि ५ वर्ष सम्म देखिन सक्छ।

के कारणले देखिन्छ? 

बढ्दो उमेरको कारण वा उमेरसँगै परिवर्तन,समस्या वा पश्चातापको योगको कारण यो समस्या उत्पन्न हुन्छ। थप कारणहरु यस प्रकार छन्:
१. पेशा वा क्यारिअरको कारणले वा दुवैको अभावको कारणले
२. वैवाहिक कारणले वा वैवाहिक सम्बन्धको अभावले
३. बालबच्चाको कारणले वा बालबच्चाको अभावले
४. मातापिताको बढ्दो उमेर वा मृत्युको कारणले
५. बढ्दो उमेरले ल्याउने शारीरिक परिवर्तनको कारणले

उपचार तथा रोकथाम:

जसै उमेर बढ्दै जान्छ, विभिन्न शारीरिक परिवर्तनहरु देखिन थाल्छन्, जस्तै: बढ्दो तौल, अनुहारमा देखिने चाउरीपन, कपाल झर्ने समस्या आदि। नियमित व्यायाम तथा सन्तुलित भोजनले यस्ता समस्या निराकरण गर्न सकिन्छ।
जीवनको पूर्बार्धमा गरिने परिवर्तनले यस्ता मनोवैज्ञानिक समस्या हल गर्न सकिन्छ,जस्तै: मिड लाइफमा जागिरले तनाव सृजना गर्ने देखिन्छ भने पहिले जागिर परिवर्तन गर्नु।
कतिपय अध्ययनले देखाएका छन् कि भौतिक र आध्यात्मिक पक्षलाई सन्तुलित राख्न सके यो मिडलाइफ क्राइसिसबाट बच्न सकिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !