४ बैशाख २०८१, मंगलबार

विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ


हत्केला

विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ । हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ । दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । विहान उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ विहान उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ ।

हत्केलाको दर्शन

विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्‍यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।

विहान उठ्ने वित्तिकै पुस्तक हेरे जस्तै गरी हत्केलाको गर्दा दिनभर मन शान्त र प्रसन्न रहने उल्लेख छ ।

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती।
कर मूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम्॥

अर्थात- मेरो हातको अग्र भागगमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ ।

हातको दर्शन गर्दा आफ्नो भाग्यमा नभएर कर्ममा विश्वास गर्नुपर्छ । यसरी हातको दर्शन गर्दा जीवनमा धन, सुख र ज्ञान प्राप्त हुने शास्त्रको भनाइ छ । हातको दर्शन गर्नुको अर्थ हो मेरा हातबाट कुनै पनि खराव काम नहुन् । सबै कल्याणको काम मात्र होस् ।

हातको दर्शन नै किन

हाम्रो संस्कारले सदैव सत्कर्मको सन्देश दिन्छ । र अधिकाँश कर्म हातबाटै गरिन्छ । धर्म, अर्थ, काम र मोक्ष पाउनु पुरुषार्थ मनिन्छ । यी सबैमा हातको भूमिका प्रधान हुने भएका कारण पनि हातको दर्शन गर्न भनिएको हो ।

यो पनि पढ्नुहोस्

बिहान भूलेर पनि गर्न नहुने कामहरु

बिहान खाली पेटमा खानै नहुने कुराहरु

बिहान मनतातो पानी पिउँदाका फाइदाहरु

जानिराखौं, बिहानै उठेर ऐना हेर्नु शुभ कि अशुभ ?

पुरुषले प्रत्येक दिन बिहान खाजामा खानुपर्ने कुराहरु

आर्थिक अवस्था सुधार्न विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम

जानिराखौं, बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता रोगहरु

बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !