७ बैशाख २०८१, शुक्रबार

ग्रहण लाग्दा के के गर्नुहुँदैन ? ग्रहण लागेको बेला के गर्ने ?


NP@#$%GBMEHP9NEW

ग्रहण एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने यस ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्ने बताइएको छ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि आजको यो ग्रहणलाई विशेष रुपमा हेरिएको छ ।

खगोल ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्र बिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो ।

ग्रहण समयमा विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करीव १२ घण्टा अगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण लागेको बेला गर्न नहुने कार्यहरु

१. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।

२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।

३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।

४. ग्रहण अवधिभरी कुनै पनि देवी-देवताको मुर्ति, तुलसी, शालिग्रामलाई छुनु हुदैन ।

५. ग्रहणको अवधिभरी बिरामी र अशक्त बाहेकले सुत्नु हुदैन ।

६. ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।

७. ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नु हुदैन ।

८. ग्रहण अवधिभर गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।

९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष आँखाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।

१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।

११. ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।

१२. ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।

१३. ग्रहण समयमा विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ ।

१४. ग्रहण लाग्नु करीव १२ घण्टा अगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण लागेको बेला के गर्ने ?

१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।

२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।

३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।

४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।

५. ग्रहणको गलत प्रभावबाट बच्न महामृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।

६. ग्रहण लागेको बेला आटो, चामल, चिनी, दाल दान गर्दा राम्रो हुने जनविश्वास छ ।

७. ग्रहणको नराम्रो प्रभावबाट बच्न श्रीमद्भागवत् गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

८. ग्रहण सुरू हुनासाथ ॐ नमो शिवायको जाप गर्नाले स्वास्थ्य लाभ हुने कुरा शास्त्रमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !