, पढ्नुहोस्, विवाहितले धेरै पोर्न भिडियो हेर्दा के हुन्छ ?

पढ्नुहोस्, विवाहितले धेरै पोर्न भिडियो हेर्दा के हुन्छ ?

एजेन्सी । अत्याधिक पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यको हिसावले पनि राम्रो मानिदैन । साथै यसले सामाजिक सम्बन्धमा पनि प्रभाव पार्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । विवाहितहरुले पोर्न हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने एक अध्ययनले देखाएको छ । विवाहित व्यक्तिहरुले पोर्न हेर्न थालेपछिको वर्षहरुमा नहेर्नेको तुलनामा सम्बन्धविच्छेद हुने सम्भावना दोब्बर हुने अमेरिकामा गत वर्ष गरिएको एक अध्ययनले जनायो । यद्यपि दम्पत्तीले साथमै बसेर पोर्न हेरेमा यसको नकारात्मक असर केही कम हुने जनाइएको छ । त्यस्तै पोर्न हेर्न छोड्दा महिलाहरुमा सम्बन्धविच्छेदको जोखिम घट्ने तर पुरुषमा नघट्ने देखिएको छ । सो अनुसन्धानका लेखकहरु वैवाहिक जीवन, पोर्नको आदतजस्ता विषयहरुमा सर्वेक्षणपश्चात यस्तो निष्कर्षमा पुगेको जनाइएको छ ।