१४ बैशाख २०८१, शुक्रबार

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्


बुधबार

बुधबार बिशेषगरी बुध ग्रहको लागि समर्पित गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ भन्ने बारेमा तल चर्चा गरिएको छ ।

१. बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ ।
२. बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
३. जुन मानिसको जन्मकुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
४. हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
५. बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतकथा

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !