२२ बैशाख २०८१, शनिबार

वरिष्ठ गायक योगेश वैद्यको निधन


योगेश वैद्य

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वरिष्ठ गायक वैद्यको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

हिजो दिउँसोदेखि नै स्वास्थ्यमा समस्या देखिएकोले राति अझ गार्हो भएपछि भ्याली अस्पताल लाने क्रममै उनको ७७ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो ।

नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

आज शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !