१८ बैशाख २०८१, मंगलबार

आत्महत्या गरेका नायक सारुकको मोबाइलमा भेटियो सुसाइड नोट


सारुक ताम्राकार

काठमाडौँ । आत्महत्या गरेका नायक सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । गत असार २१ गते आफ्नै निवास काठमाडौँको रातोपुलमा आत्महत्या गरेका नायक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो ।

प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाएको थियो । फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट भेटिएको हो । सारुकले आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

सारुकको निधनको कारणबारे मिडियामा विभिन्न कारणहरुसहित समाचारहरु सार्वजनिक गरेका थिए । सारुकको निधनमा कसैको पनि किटानी जाहेरी परेको नभएपनि सारुकले प्रहरीलाई कसैलाई पनि दुःख नदिन आग्रह गरेसँगै उक्त घटनाको छानबिन अव कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !