१९ बैशाख २०८१, बुधबार

एलओडीका सञ्चालक राजुसिंह सुवाल बालुवाटारबाट पक्राउ


एलओडीका सञ्चालकहरु फरार

काठमाडौं । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका छन् । उमेर नपुगेका युवतीलाई क्लबमा प्रवेश गराएको आरोपमा एलओडीका सञ्चालक सुवाल काठमाडौँको बालुवाटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले सुवाललाई बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरिएको छ । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर एलओडी क्लबका सञ्चालक सुवाल फरार थिए ।

प्रहरीले क्लबका दुई सञ्चालकविरुद्ध असार १३ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो । एलओडीमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालकविरुद्ध पक्राउ अनुमति लिएको थियो । नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो ।

गत जेठ ३१ गते एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । ती युवतीले आफू बलात्कृत भएको भन्दै जिल्ला प्रहरी परिसर, ललितपुरमा किटानी जाहेरी दिएकी छन् ।

फरार रहेका कोइरालालाई सोही दिन पक्राउ गरिएको थियो । बलात्कार गरेको आरोपमा कोइराला पक्राउ परेपछि क्लबका सञ्चालकहरु पनि तानिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !