१९ बैशाख २०८१, बुधबार

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बालेनलाई अदालतको आदेश


उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल चलचित्र संघले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले असार १२ गते दुबै पक्षलाई बोलाएको छ । काठमाडौं महानगरका मेयर शाहविरुद्ध फिल्म हल व्यवसायीले हिजो अदालतमा मुद्दा दायर गरेका थिए ।

काठमाडौं महानगरका मेयर शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’ को ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

सोही दिनदेखि कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !