१९ बैशाख २०८१, बुधबार

फिल्म हल व्यवसायीहरुद्वारा बालेनको निर्णयविरुद्ध मुद्दा दायर


नारायणहिटीमा राजारानीले हेरेका फिल्म हेर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध फिल्म हल व्यवसायीले अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् ।

नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरका मेयर शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका हुन् । हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडाैं महानगरका मेयर शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै आज मुद्दा दर्ता भएको हो ।

काठमाडौं महानगरका मेयर शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’ को ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

सोही दिनदेखि कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !