१८ बैशाख २०८१, मंगलबार

काठमाडौँपछि पोखरा महानगरले पनि ‘आदिपुरुष’को प्रदर्शनमा लगायो रोक


धनराज आचार्य र आदिपुरुष

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि रोक लगाएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोकेपछि पोखरा महानगरका मेयर धनराज आचार्यले पनि पोखरामा ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएका हुन् ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देशका कारण उक्त चलचित्रप्रति नेपालमा विवाद दिन प्रतिदिन बढ्दै गएको छ । उक्त संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न एकपछि अर्काे बढ्दैगएका हुन् ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पनि आफ्नो नगर क्षेत्रका हलहरुलाई एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म प्रदर्शनमा रोक्न आग्रह गरेका हुन् ।

फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ । तर फिल्ममा समावेश विवादित सम्वाद हटाउने बिषयमा भने केही बताएको छैन ।

यो पनि पढ्नुहोस्

आजदेखि काठमाडौँ महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !