२० बैशाख २०८१, बिहिबार

बुढेसकालको प्रेम : हजुरआमा भइसकेकी रवीनाले सार्वजनिक गरेको नयाँ प्रेमी को हुन् ?


रवीना देशराज श्रेष्ठ र स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान

काठमाडौँ । हजुरआमा भइसकेकी सेलेब्रेटी बैंकरका रूपमा परिचित रवीना देशराज श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । अफ्रिका महादेशको हिन्द महासागरमा अवस्थित विश्वको दोस्रो ठूलो टापु देश मेडागास्करको दक्षिणपूर्वी तट टोलानारो पुगेर उनले इन्स्ट्राग्राममार्फत् आफ्नो प्रेमीसंगको तस्बिर हिजो सार्वजनिक गरेकी हुन् ।

इन्स्टाग्राममार्फत् रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ‘आइ लभ यु’ पनि भनेकी छन् । यस्तै उनको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि ‘आइ लभ यु टू’ लेखेका छन् ।

रवीनाले हिजो बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु। यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।’

‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ। उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’ उनले भनेकी छिन्।

रवीनाले एक साताअघि मात्र मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् । रवीना नेपाली हिरोहरु आयुष्मान देशराज श्रेष्ठ र आशीरमान देशराज श्रेष्ठकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू समेत हुन् ।

हिरो आयुष्मान देशराज र नायिका प्रियंका कार्कीकी १५ महिनाकी छोरी आयन्का छन् । हजुरआमा भइसकेकी रवीनाले प्रेमी पाउँदा खुसी भएको बताएकी छिन् । हजुरआमा भइसकेकी रवीनाको बुढेसकालको प्रेमले नेपाली समाजमा नयाँ सन्देश दिएको छ ।

मेगा बैंकमा अनुपमा खुञ्जेलीलेको सीईओको कार्यकाल सकिएपछि कायममुकायमको जिम्मेवारी पाएकी थिइन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छन् । देशराजले राजीनामा दिएपछि मेगा बैंकले भने कामू सीईओको जिम्मेवारी तुल्सीराम पोखरेललाई दिएको छ । उनी नायम महाप्रबन्धको रुपमा कार्यरत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !