१४ बैशाख २०८१, शुक्रबार

गायिका इन्दिरा जोशीले प्रेमी शरदसँग आज विवाह गर्दै


इन्दिरा जोशी

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले आज मंगलबार विवाह गर्दैछिन् । चर्चित गायिका जोशीले आफ्ना प्रेमी शरद केडियासँग आज विवाह गर्न लागेको हुन् ।

उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै आज मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी दिएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत सम्पन्न भएको थियो ।

परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।

गायिका जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी थिइन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच विवाह हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् ‘फिल्मी शैली’मा इन्गेजमेन्ट

को हुन् गायिका इन्दिरा जोशीका प्रेमी एवं भावी श्रीमान् शरद केडिया ?

गायिका इन्दिरा जोशीले यसरी गरिन् इन्गेजमेन्ट (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !