१२ बैशाख २०८१, बुधबार

को हुन् गायिका इन्दिरा जोशीका प्रेमी एवं भावी श्रीमान् शरद केडिया ?


इन्दिरा जोशी इन्गेजमेन्ट

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी छन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले इन्दिराको हातमा औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औठी लगाउँदै गरेको प्रष्ट रुपमा देख्न सकिन्छ ।

क्याप्टेन थापाले टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना समेत दिएका छन् । केही समयअघि उनले फेसबुकमा लेखेकी छन्, उसले सोध्यो, ‘के तिमी मसंग बिहे गर्छौ ? र मैले हुन्छ भने ! म तिमीलाई माया गर्छु शरद केडिया ! मलाई तिम्रो मायासंग हरेक दिन नुहाउनको लागि अवसर दिएकोमा धन्यवाद ! शरद केडिया ! मेरो स्टार ।’

आखिर को हुन् गायिका इन्दिरा जोशीका प्रेमी एवं भावी श्रीमान् शरद केडिया ? भन्ने जिज्ञाशा इन्दिरा जोशीका आम फ्यान र शुभचिन्तकहरुमा खुल्दुली बढेको छ । इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । नेपाली चलचित्र क्षेत्रका चर्चित सेलिब्रिटी समेत उनको डिजाइनका पोशाकहरु लगाउने गरेका छन् ।

नायिकाहरु स्वस्तिमा खड्का, ऋचा शर्मा, रिमा विश्वकर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, टेलिभिजन कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य लगायतका सेलिब्रिटीहरुले शरदको डिजाइनमा सजिने गरेका छन् ।

काठमाडौको नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर मानिन्छन् । फेसन डिजाइनिङकै क्रममा करिब ४ वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो ।

व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइएको छ । उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेको समेत उनीहरूहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्

गायिका इन्दिरा जोशीले यसरी गरिन् इन्गेजमेन्ट (फोटो फिचर)

हेलिकप्टरमा खुम्बु पुगेर इन्दिरा जोशीले गरिन् ‘फिल्मी शैली’मा इन्गेजमेन्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !