१४ बैशाख २०८१, शुक्रबार

नायिका केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग गरिन् विवाह


नायिका केकीले प्रेमी रोहितसँग गरिन् विवाह

काठमाडौँ । नायिका केकी अधिकारीले आज विवाह गरेकी छन् । केकीले आफ्ना प्रेमी रोहित तिवारीसँग काठमाडौंको धापासीस्थित गण्डी भिल्ला अपार्टमेन्टमा विवाह आज बिहीबार गरेकी हुन् ।

केकीले हिजो बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरी र संचारमाध्यममा गर्मी बढेको थियो । तर उनले हिजो मेहेन्दी उत्सव मात्र गरेकी रहिछन् ।

उनले व्यवसायी रोहितसँग परिवारका सदस्यहरु, आफन्तहरु तथा निकट साथीहरुको उपस्थितिमा वीच लगनगाँठो कसेकी हुन् । उनी रोहितसँग १ वर्ष अघिदेखि प्रेम सम्बन्धमा भएको बुझिएको छ ।

रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । उनी पेशाले इन्जिनियर भएको पनि सामाजिक संजाल लिंकेडिनमा उनको प्रोफाइल हेर्दा थाहा भएको छ । उनले नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरवाट इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा इन्जिनियरिङ अध्ययन गरेका हुन् ।

विवाहका फोटोहरु सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित’
नायिका केकीले प्रेमी रोहितसँग गरिन् विवाहनायिका केकीले प्रेमी रोहितसँग गरिन् विवाह नायिका केकीले प्रेमी रोहितसँग गरिन् विवाह

तस्वीरहरु : केकी अधिकारीको फेसबुकवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !